+
+

सामसुङको वासिङ मेसिनमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर्स  र फ्रिजको कम्प्रेसरमा २० वर्षको वारेन्टी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १७:१९

काठमाडौं । सामसङले वासिङ मेसिन मा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी प्रदान गरिने भएको छ । पहिलो पटक यो नयाँ आयामको सुरुवात गरिएको कम्पनीले जनाएको छ छ।

आफ्ना उत्पादनहरूमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुद बनाएर ग्राहकहरूको मन जित्ने यो आयाम सुरु गरिएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यसले  ई-वेष्ट न्यूनीकरण गर्ने  र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दीगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ।

आधुनिक प्रविधिमा अग्रसर सामसङले आफ्ना प्रोडक्टहरुमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी आफ्ना उपकरणहरुको गुणस्तरलाई अझ मजबुद बनाए। उपभोक्ताको विश्वास सजिलै जित्ने कम्पनीको दावी छ।

सामसङको सस्टेनएबलिटी भिजनलाई आत्मसाथ गर्दै आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर्स र कम्प्रेसरहरूमा २० वर्षको वारेन्टी ल्याएको छ।

घरेलु उपकरणहरू बारम्बार प्रतिस्थापनले समय र ऊर्जा खर्च मात्र गर्दैन तर भौतिक फोहोर पनि उत्पादन गर्दछ, जुन आजको समयमा हाम्रो लागि ठूलो चुनौतीको रुपमा खडा भएको छ।

यो आयामले उपभोक्ताहरूको आत्मविश्वास जित्दै, कम्पनीको सामानहरुमा दीगोपनको बाचासहितको ई-वेष्टलाई न्यूनीकरण गर्ने विश्वास लिएको सामसुङ नेपालका कन्ज्युमर इलेक्ट्रोनिक्स व्यवसायका उपमहाप्रबन्धक आलोककुमार गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?