+
+

वार्षिकोत्सवको अवसरमा ग्लोबल आईएमई बैंकका कर्मचारी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १८:०२

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा १५ वर्षदेखि निरन्तर सेवामा रहेका ५९ जना कर्मचारीलाई सम्मान गरेको छ ।

सोमबार बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कर्मचारीहरुलाई सम्मान गरेका हुन् ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले “उत्कृष्ट बैंकिङ सबैका लागि”भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए ।

उत्कृष्ट बैंक बनाउन कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले थप उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन कर्मचारीहरुलाई आग्रह समेत गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समय सापेक्ष सेवा दिने गरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?