
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।
यस सम्बन्धी समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ विभागका सेल्स एन्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन् ।
यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले मुलुकभरि रहेका सेल्सबेरीका ३७ वटै स्टोरमा प्वाइन्ट अफ सेल (पस) मेसिन मार्फत गरिने कारोबारमा प्रत्येक साता शुक्रबार १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधाबाट सम्मानित भइसकेको छ । साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट फरक–फरक विधामा पनि सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंकले हाल ३ सय ५४ शाखा, ३ सय ८५ एटीएम, २ सय २१ शाखारहित, ६७ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
प्रतिक्रिया 4