+
+

वीर अस्पतालमा फोनपेको क्यूआर सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १८:२२

काठमाडौं । वीर अस्पतालमा बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट अब हटेको छ । अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टम सुरू भएसँगै बीरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यता हटेको अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुविधा उपलब्ध गराइएको उनले बताए ।

अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको उनले बताए ।

अस्पतालका अधिकृत बस्नेतले भविषयमा अस्पताललाई प्रविधि मैत्री बनाउँदै लैजाने प्रतिबद्ध जनाए । बस्नेतका अनुसार क्यूआरमार्फत भुक्तानी गर्न सकिने भएसँगै अबदेखि टिकटका लागि पैसा तिर्न लामो लाइन बस्नुपर्ने झन्झट हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?