+
+

एक महिनाभित्र सडकका खाल्डा पुर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १९:४९

१९ पुस, काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको खाल्डोहरु पुर्न उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिरको १ महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मंन्त्रालय मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ्ग कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प छैन।’ यसको लागि राजनीतिज्ञ र कर्मचारीले शुसासन कायम गर्न आत्माआलोचना सहित शून्य सहनशीलताको नीति अवलम्बन गर्न अपरिहार्य रहेकोमा उपप्रधानमन्त्री श्रेष्ठको जोड रहेको छ।

झण्डै ४ घण्टा लामो ब्रिफिंगमा सडक बिभाग मातहतको सम्पूर्ण आयोजना र अवस्थितिको ब्रिफिंग गरिएको थियो। त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अत्यन्त समस्याग्रस्त आयोजनाको छुट्टै सूची बनाएर कारबाहीको प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको उपप्रधानमन्त्री श्रेष्ठको स्वकीय सचिव विजय गौतमले बताए ।

जागिरे मानसिकताबाट माथि उठेर विकास निर्माणमा जिम्मेवार हुन कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले सञ्चालित सम्पूर्ण आयोजनाको अवस्था र भावी योजना ५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो।

साथै भौतिक पूर्वाधार केन्द्रीत कार्यदल बनाएर सुधारको परिणाममूखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?