+
+

डोटीको बोगटान क्षेत्रमा नेपाली सेनाले बनायो हेलीप्याड 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते ९:१४

२० पुस, डोटी । डोटीको बोगटान क्षेत्रमा हेलीप्याड निर्माण भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवारा चौतारामा नेपाली सेनाले हेली प्याड निर्माण गरेको हो ।

जिल्ला सदरमुकामभन्दा बाहिर बनेको यो पहिलो हेलीप्याड हो ।

विपदमा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेली प्याड निर्माण गरिएको नेपाली सेनाको भैरवप्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए । ‘जिल्ला सदरमुकामदेखि टाढा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपतकालीन् अवस्थामा हेली उद्दार गर्न सहज होस भन्नका लागि हेलीप्याड निर्माण गरेको हो,’ कार्कीले बताए ।

गाउँपालिकाको समन्वयमा सेनाले पाँच लाखको लगानीमा हेली प्याड निर्माण भएको हो । हेली प्याड निर्माण  हुनु खुसीको कुरा भएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । उनले भने, ‘प्राकृतिक विपदको समय उद्धारमा साह्रै कठिनाइ भोग्नुपरेको थियो, हेली प्याड निर्माण भएपछि अब त्यो समस्या रहन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?