+
+

‘मुन्द्रेको कमेडी क्लब’मा करिश्मा नदोहोरिने, यस्तो छ कलाकारको लाइनअप

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १२:१५

काठमाडौं । अध्यक्षसहितका नयाँ कलाकार हेरफेर गर्दै ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करण आउने भएको छ । दमन रुपाखेतीसहितका कलाकारले यो संस्करणमा प्रवेश गर्दैछन् भने अध्यक्षको रुपमा नयाँ अनुहारलाई देख्न पाइने भएको छ ।

एउटा कुरा स्पष्ट के छ भने यसपटक करिश्मा मानन्धर र दीपाश्री निरौला अध्यक्षमा दोहोरिनेछैनन् । निकट स्रोतका अनुसार दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् ।

अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ जसलाई श्याम रानाले निर्वाह गर्नेछन् । ‘छक्कापञ्जा’ फेम्ड सुमन गिरी भाञ्जा कार्यक्रम संयोजकको रुपमा हुनेछन् ।

कलाकारको सूची सार्वजनिक भएसँगै अध्यक्षको लागि एक-दुई दिनमै चर्चित अभिनेत्रीसँग सम्झौता हुने जनाइएको छ । ‘अध्यक्षको टुंगो केही दिनमा हुनेछ । यसपटक दीपाश्री र करिश्मा दोहोरिनेछैनन् । अर्की एक चर्चित अभिनेत्रीलाई ल्याउने तयारी छ,’ स्रोतले भन्यो । मुन्द्रेको कमेडी क्लबको निर्देशकमा दिनेश डीसी हुनेछन् ।

‘नेपाल र भारतीय कमेडी कार्यक्रममा नभएको कुरा यसपटक देखिनेछ,’ स्रोतले भन्यो । ५२ भाग प्रसारण हुने बताइएको यो सिजनपछि जितु नेपाल र डीसीको टिम फिचर फिल्मको तयारीमा लाग्नेछ ।

जितु नेपालको फिचर फिल्म ‘ह्यारीकी प्यारी’ रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?