+
+

सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९ सय पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते ११:०२

२० पुस, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ । यो सँगै छापावाल सुनको प्रतितोला मूल्य १ लाख २ हजार ९ सय रुपैयाँ पुगेको महास‌ंघले जनाएको छ । तेजावी सुनको प्रतितोला मूल्य भने १ लाख २ हजार ४ सय रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख २ हजार १ रुपैयाँ तोकिएको थियो ।

बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?