+
+

‘टपगन माभेरिक’को कमाइलाई केही दिनमै उछिन्दै ‘अवतार २’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १४:२३

काठमाडौं । बलियो वर्ड अफ माउथ, सकारात्मक समीक्षा र अन्य ठूला फिल्म रिलिज नभएपछि जेम्स क्यामरुन निर्देशित हलिउडको साइन्स–फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । विश्व बक्स अफिसमा फिल्मले अहिलेसम्म १.४४ बिलियन डलर कमाएको छ ।

एक-दुई दिनमै फिल्मले टम क्रुज स्टारर अर्को हलिउड फिल्म ‘टपगन माभेरिक’लाई उछिन्ने पक्का भएको छ । ‘टपगन २’ले १.४८ बिलियन डलर कमाउँदै सन् २०२२ मा धेरै कमाउने फिल्मको कीर्तिमान राखेको छ ।

‘अवतार २’ ले एक–दुई दिनमै ‘टपगन २’ को रेकर्ड तोड्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कुनै पनि फिल्मले लाइफटाइम कति कमाउँछ भनेर यकिन भविष्यवाणी गर्न कठिन त हुन्छ तर अहिलेसम्म अवतार २ ले यसको प्रिक्वेलभन्दा राम्रो प्रदर्शन गरिरहेको छ ।

अवतारको पहिलो शृंखला अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म हो । लगानी उठाउन पनि ‘अवतार २’ले चौथो वा पाँचौं सबैभन्दा धेरै कमाउने फिल्म हुनुपर्ने यसका निर्देशक जेम्स क्यामरुनले बताइसकेका छन् ।

नेपाली बक्स अफिसमा अवतारको दोस्रो श्रृंखलाको लाइफटाइम कलेक्सन १० करोड रुपैयाँ हाराहारीमा हुने प्रक्षेपण गरिएको छ । यो फिल्मले विश्वव्यापी सकारात्मक समीक्षा प्राप्त गरेको छ, जसलाई रटन टोम्याटोजले ७७ प्रतिशत पोजेटिभ रिभ्यु दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?