+
+

जब सिउँदो भरेर चन्द्रागिरि पुगिन् दीपाश्री

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १३:०३

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको भरिएको सिउँदो देखिएपछि उनी यतिबेला भाइरल बनेकी छन् । दीपकराज गिरीसँग चन्द्रागिरि पुगेकी दीपाश्रीसँगको भिडियोलाई भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा पोस्ट गरेका थिए ।

उक्त टिकटक पोस्टमा दीपाश्रीलाई सिन्दूर लगाएर रातो सारीमा सजिएको देख्न सकिन्छ । यो टिकटक भिडियो भाइरल मात्र होइन, गसिपको स्रोत समेत बनिरहेको छ । कतिपयले दीपाले किन सिन्दूर लगाएर मन्दिरमा पुगिन् भनेर गसिप लेखिरहेका छन् । कतिपयले यो कुनै फिल्मको छायांकन हुन सक्ने अड्कल काटेका छन् ।

खासमा दीपक-दीपा छायांकन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’को गीत सुटिङका लागि चन्द्रागिरि उक्लिएका थिए । भालेश्वरका पुजारीको टिकटक भिडियोमा दीपक-दीपा दुवै जना पात्र लुक्स र लवजमा प्रस्तुत भएका छन् ।

दीपकले फिल्मको पात्र राजाकै लवजमा बोलेका छन् भने दीपाश्रीको त्यो क्यारेक्टर लुक्स हो । दीपक-दीपासहितको टोली भालेश्वर पुगेर फिल्म सुटिङ गरिसकेको छ । निर्माता निर्मल शर्मा पनि दीपक-दीपासँगै भालेश्वर पुगेका थिए ।

भालेश्वरका पुजारी न्यौपानेले चन्द्रागिरि पुग्ने सेलिब्रिटीसँग टिकटक भिडियो बनाइरहन्छन् ।

फिल्म ‘छक्कापञ्जा ४’ फागुन १९ गते प्रदर्शनको तयारीमा छ । एक साताभित्र फिल्मको बाँकी छायांकन सम्पन्न हुने कार्यकारी निर्माता शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?