
२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता भएको छ ।
बिहीबार बिहान १० बजे देउवालाई भेट्न यादव उनको निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा जनता समाजवादी पार्टीले पनि समर्थन गरेको थियो । तर प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि यादवले देउवासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4