+
+
Shares

जेनजी आन्दोलनका घाइतेहरू उपचार माग गर्दै अनसनमा, सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापामा उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थाको माग गर्दै जेनजी आन्दोलनका घाइतेहरू विगत ६ दिनदेखि अनसनमा बसेका छन्।
  • सांसद प्रकाश पाठकले प्रतिनिधिसभामा सरकारलाई घाइतेलाई परिचयपत्र, नि:शुल्क शिक्षा र तत्काल न्याय दिन आग्रह गरे।
  • झापामा प्रहरीको गोली लागेर गोपाल सेढाइ र दिनेश राजवंशीको मृत्यु भएको र १०८ जना घाइते भएको सांसद पाठकले बताए।

५ असोज, काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरू उपचार माग गर्दै झापामा अनसनमा बसेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकका अनुसार, उनीहरूले उपचार, क्षतिपुर्ति र दीर्घकालीन व्यवस्थाको माग राख्दै विगत ६ दिनदेखि झापामा असनस बसिरहेका हुन् ।

प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गरे ।

उनका अनुसार पेटमा गोली लागेका तथा आन्दोलनमा गम्भीर घाइते भएका जेनजी युवाहरू परिचयपत्रको व्यवस्था र नि:शुल्क शिक्षा लगायतका माग राखी आमरण अनसनसमा बसेका हुन् ।

जेनजी आन्दोलनमा क्रममा झापामा प्रहरीको गोली लागेर गोपाल सेढाइ र दिनेश राजवंशीको निधन भएको थियो । १०८ जना घाइते भएका थिए । घाइतेमध्ये ४३ जनाले मात्रै परिचयपत्र प्राप्त गरेको सांसद पाठकले बताए ।

‘एउटै आन्दोलनमा निधन भएकाहरू शहीद अनि बाचेकाहरू अपराधी कसरी हुन सक्छन् ?,’ सांसद पाठकले भने, ‘जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गरेर घाइते तथा मुद्दा लागेका युवालाई ढाढस दिन सरकार किन सकिरहेको छैन ?’

उनले जेनजी आन्दोलनका घाइतेहरूले तत्काल न्याय पाउँछन कि पाउँदैनन भनेर पनि सरकारलाई प्रश्न गरेका छन् ।

‘जेनजी आन्दोलनकै बलमा बनेको यो सरकार किन र कहाँ अलमलिएको छ मैले भेउ पाउन सकिरहेको छैन,’ उनले भने, ‘तर आन्दोलनमा सहभागी भएकाहरू पीडित बन्नु भनेको सरकार कमजोर हुनु हो । आफ्नै नेतृत्वप्रतिको भरोसा कमजोर बन्नु हो ।’

यहाँनेर उनले अरू प्रश्नहरू पनि गरे ।

‘प्रधानमन्त्री बालेन्द्र शाह र सरकारलाई प्रश्न राख्न चाहन्छु । राज्यले पीडितको संरक्षण गर्दैछ कि पीडकको ?’ उनले भने, ‘जेनजी आन्दोलनका घाइतेलाई ज्यूँदो शहीद घोषणा गरेर उनीहरूलाई सम्मान दिउँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?