+
+
Shares

जेनजी आन्दोलनमा आगजनीका घटना घटाउनु अपराध हो : प्रदेश प्रमुख घर्ती

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगरले भदौ २३ र २४ का आगजनीका घटनालाई अपराध भन्दै दोषीले उन्मुक्ति पाउन नहुने बताए ।
  • उनले राष्ट्रपति भवन, सर्वोच्च अदालत, संसद् भवन, उद्योग–व्यवसाय र निजी घर जलाउनु अपराध हो भन्दै वर्तमान सरकारको रंगढंगमा भर नपर्ने बताए ।
  • प्रदेश प्रमुख घर्तीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम सदुपयोग र खर्चको पारदर्शीतामाथि शंका व्यक्त गर्दै संसद् जात्रा जस्तो रहेको टिप्पणी गरे ।

३ असोज,बुटवल । लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगरले गत वर्षको भदौ २३ र २४ का घटनामा भएका आगजनीका घटनाहरू अपराध भएको बताएका छन् ।

बुटवलमा विद्युतीय व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले त्यो अपराधका दोषीहरुले उन्मुक्ति पाउन नहुने बताए ।

भदौ २४ को आगजनीले उद्योगी व्यवसायीहरु लाई उठ्नै नसक्ने गरी थला पारेको चर्चा गर्दै प्रदेश प्रमुखले त्यही अपराधको जगमा बनेको वर्तमान सरकारको रंगढंग हेर्दा भर पर्न नसकिने समेत बताए ।

‘राष्ट्रपति भवन, सर्वोच्च अदालत, संसद् भवन अनि उद्योग–व्यवसाय र व्यक्तिका निजी घर जलाउनु अपराध हो, ती अपराधीले उन्मुक्ति पाउनुहुंदै’, प्रदेश प्रमुख घर्तीले भने, ‘त्यस्तो अपराधबाट फाइदा लिनेहरु, त्यो फाइदाको मोजमस्ती गर्नेहरु र त्यसैको जगमा बनेको वर्तमान सरकारको रंगढंग हेर्दा आशा त गर्न सकिएला तर भर पर्ने अवस्था छैन ।’

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको अर्बौं रकमको सही सदुपयोग र खर्चको पारदर्शीता हुन्छ कि हुन्न भन्ने शंका रहेको पनि प्रदेश प्रमुखले औंल्याए ।

बाढी प्रभावितको उद्धारमा हेलिकोप्टर प्रयोग र त्यसको खर्चमाथि पनि प्रदेश प्रमुखले प्रश्नहरु रहेका बताए । उनले अहिलेको संसद् संसद जस्तो नभई जात्रा जस्तो रहेको उनले टिप्प्णी गरे ।

प्रदेश प्रमुख घर्तीले देशको परिस्थिति जटिल रहेको भन्दै सबैले दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताए ।  उनले नेपालमा जलविद्युतको राम्रो सम्भावना रहेको भन्दै विद्युतीय व्यवसायीलाई आशावादी बन्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?