+
+

प्रिमियर लिगमा आर्सनलसँग दूरी घटाउँदै म्यानचेस्टर सिटी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते ७:१०

२२ पुस, काठमाडौं । म्यानचेस्टर सिटीले स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई हराएर इंग्लिस प्रिमियर लिगमा लिग लिडर आर्सनलसँगको अंकदूरी कम गरेको छ ।

पहिलो हाफमा संघर्षपूर्ण प्रदर्शनलाई मध्यजनर गरी साविक विजेता सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले दुई खेलाडी सब्स्टिच्युड गरे । ६३औं मिनेटमा सिटीले गोलको गतिरोध तोड्न यी दुईको मुख्य भूमिका रह्यो । ज्याक ग्रेलिसको क्रसमा रियाद मेहेरेजले गोल गरेका हुन् ।

सिटीका पूर्व स्ट्राइकर रहिम स्टर्लिङ र क्रिष्टियन पुलिसिचको चोटका बाबजुद चेल्सीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । सब्स्टिच्युड कार्नी चुक्वुमेकाको एउटा प्रहार पोष्टमा लागेर बाहिरिएपछि चेल्सीले बराबरीको अवसर गुमाएको थियो ।

यो जितपछि सिटीले लिग लिडर आर्सनलसँगको दूरी ५ अंकमा झारेको छ । समान १७ खेलबाट आर्सनलको ४४ र सिटीको ३९ अंक छ । आर्सनलले दुई दिनअघि न्युकाशल युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?