+
+

बार्सिलोना अध्यक्ष भन्छन् : मैले मेस्सीलाई रोक्न सकिनँ, क्लब तहसनहस थियो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १३:५६

२२ पुस, काठमाडौं । विश्वकप जितेपछि धेरै मानिसहरुले लियोनल मेस्सीको सम्भावित बार्सिलोना पुनरागमनसँग जोडेका थिए । तर, बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले सन् २०२१ मा मेस्सीलाई क्लब छाड्ने अनुमति दिनुभन्दा आफ्नो अरु विकल्प नरहेको खुलासा गरेका छन् ।

बार्सिलोना अध्यक्ष लापोर्टाले क्याडेना सीईआरसँगको अन्तर्वार्तामा मेस्सीको बहिर्गमनबारे खुलेर बोलेका छन् । उनले दुई पक्षबीच अहिले पनि कुराकानीको सम्भावना समाप्त भइनसकेको बताएका छन् ।

‘फुटबल इतिहासको सर्वश्रेष्ठ खेलाडीलाई मैले बार्सिलोनामै राख्नुपर्ने थियो,’ उनले स्वीकार गरेका छन्, ‘ध्वस्त अर्थतन्त्रको त्यो समयमा मैले उनलाई राख्न सकिनँ । मलाई लाग्यो उनको बहिर्गमन क्लबका लागि राम्रो हुनेछ ।’

‘उनी अहिले पीएसजीका खेलाडी हुन् । र, अहिले उनका बारेमा धेरै कुरा गर्न चाहन्न । हामी बार्सिलोनामै ध्यान केन्द्रित गछौं,’ लापोर्टाले थपे, ‘लियो सधैं हाम्रो क्लबको एक हिस्सा हुनेछन् । म चाहन्छु उनको करिअरको अन्त्य अहिलेभन्दा फरक होस् । धेरै विकल्पहरु छन्, तर, अहिले नै उनलाई यो भन्नु गलत हुनेछ । किनभने हामीबीच एउटा सम्बन्ध छ ।’

लापोर्टालाई टिमका कप्तान सर्जियो बुस्केटको भविष्य र उनलाई दीर्घकालीन रुपमा प्रतिस्थापन गर्न सक्ने खेलाडीका बारेमा पनि सोधिएको थियो ।

रुवेन नेभेज एक उत्कृष्ट खेलाडी हुन् । तर, यो हामीबीचको व्यक्तिगत कुराकानी हो,’ वुल्भ्सका पोर्चुगिज खेलाडीबारे प्रश्न गर्दा उनले सुरु गरे, ‘बुस्केट सधैं रहँदैनन् र उनको स्थान लिनका लागि आन्तरिक रुपमा छलफल भइरहेको छ । फ्रेन्की डी जोङ एउटा पात्र हुनसक्छन् । तर, उनी एक्लै पर्याप्त हुँदैनन् । यो काम जाभी (प्रशिक्षक)को हो ।’

लापोर्टासँग नेभेस एकमात्र विकल्प छैनन् । उनले म्यानचेस्टर सिटीका बर्नान्डो शिल्भासँग जोड्ने सम्भावना पनि पेश गरेका छन् । ‘हामी बर्नान्डो शिल्भाका लागि ८० मिलियन युरो चाहिँ तिर्न सक्दैनौं,’ अध्यक्ष लापोर्टाले प्रष्ट पारे, ‘हामीले सिटीमा उनको खेल हेरिरहेका छौं । तत्कालका लागि हामीसँग रोवर्ट लेवाण्डोस्की छन् जसले निकै राम्रो खेलिरहेका छन् ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?