+
+

तीन दिनको ११ औं मतदानबाट पनि अमेरिकी संसदले सभामुख पाएन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १७:५७

२२ पुस, काठमाडौं । अमेरिकामा तीन दिनमा लगातार ११ पटक मतदान गर्दा पनि प्रतिनिधिसभाको अध्यक्ष चुन्न सकिएन ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बिहीबार भएको मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी सभामुखमा पुन: निर्वाचित हुन नसकेका हुन् ।

बीबीसीका अनुसार उनले आफ्नै दलका सांसदको समर्थन पाउन सकेनन् ।

नोभेम्बरमा भएको निर्वाचनको परिणामपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो ।

क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकाथीलाई जित्नका लागि २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट छ । तर पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनको विपक्षमा उभिएका छन् ।

रिपब्लिकन सांसद राल्फ नर्मनले केभिन म्याकक्याथीलाई विश्वास गर्न नसक्ने भएकोले मत नदिएको बताए । लगातारको मतदानबाट पनि सभामुख चयन हुन नसकेपछि सदन शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

सन् १८६० पछि अमेरिकी संसदको तल्लो सदनले सभामुख पदका लागि यति धेरै पटक मतदान गरेको यो पहिलो पटक हो । यो अवधिमा राष्ट्रपति पदका लागि ४४ पटक मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?