+
+

बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते १०:४०

२३ पुस, काठमाडौं । रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

शारीरिक रुपमा अपांगता भएकी र सुस्त मनस्थितीकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारी पक्राउ परेका हुन् ।

उनले यही पुस २१ गते साँझको समयमा ती महिला घरमा एक्लै भएको बेला शौचालयमा लगी जबरजस्ती करणी गर्न खोजेको आरोप छ ।

अधिकारीविरुद्ध जबरजस्ती करणी कसुरअन्तरगत अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लालझण्डीले जनाएको छ ।

यस्तै, १५ वर्षीया बालिकालाई करणी गर्न खोजेको आरोपमा सैनामैनाका २५ वर्षीय मधु सोमरे पक्राउ परेका छन् ।

बालिका घरमा एक्लै भएको बेलामा मधुले आगो ताप्ने बहानामा जबरजस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ । उनीविरुद्ध जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको ५ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?