+
+

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते १७:३५

२३ पुस, दाङ । दाङमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका– ९ रिहारका २२ वर्षीय अनोवरकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुह एसपी वीरबहादुर वलीका अनुसार गत पुस २१ गते साँझ ५ बजे बालिकाले परीक्षा दिएर घर फर्कदै गर्दा बाटोमा यादवसँग मोटरसाइकलमा लिफ्ट मागेकी थिइन् । बालिकालाई लिफ्ट दिने  बहानामा   युवकले भरकुण्डी जंगलमा लगेर बलात्कार गरेर फरार भएको प्रहरीको भनाइ छ ।

बालिकाले घटनाबारे प्रहरीमा खबर गरेपछि विहीबार युवक पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?