+
+

१५ औं पटकको प्रयासमा अमेरिकाले पायो सभामुख

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते ८:२८

२४ पुस, काठमाडौं । १५ औं पटकको निर्वाचनबाट अमेरिकाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन (हाउस अफ रेफ्रिजेन्टेटिभ्स)को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी चुनिएका हुन् ।

यससँगै अमेरिकाको इतिहासमा १५० वर्षभन्दा बढी समययताको लामो गतिरोध पनि अन्त्य भएको छ । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिनका लागि २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट थियो ।

रिपब्लिकन पार्टीभित्रका करिब २० चरम दक्षिणपन्थी नेताहरुले उनको विपक्षमा उभिंदा नतिजा आउन सकेको थिएन । तर अन्तिम समयमा ६ जना सांसद अडानबाट पछि हटेपछि म्याकक्याथी १५ औं पटकको प्रयासमा सभामुख बन्न सफल भए ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सभामुख म्याकक्याथीलाई बधाई दिएका छन् । उनले आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा सभामुख रहन्छन् । सभामुखले संसद बैठकको एजेण्डा तय गर्नुका साथै विधायिकी जिम्मेवारीको सुपरिवेक्षण गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?