+
+

‘केजीएफ ३’ सन् २०२५ मा आउने, पाँचौं भागपछि यशलाई रिप्लेस गर्ने निर्माताको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते ११:४२

काठमाडौं । प्रतीक्षित भारतीय फिल्म आगामी सन् २०२५ मा रिलिज हुने भएको छ । निर्माण कम्पनी होम्बले फिल्म्सले अभिनेता यशको जन्मदिन छेकोमा प्रदर्शन मिति बाहिर ल्याएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार होम्बले फिल्म्सका संस्थापक विजय किरणगन्दुरका अनुसार सन् २०२५ मा फिल्मको तेस्रो श्रृंखला सार्वजनिक हुनेछ ।

यतिबेला फिल्म निर्देशक प्रशान्त नील ‘सालार’को निर्माणमा व्यस्त छन्, त्यसपछि उनी ‘केजीएफ ३’ को काममा लाग्नेछन् । विजयले केजीएफलाई पाँच भागमा बनाउने र त्यसपछि मुख्य नायकलाई रिप्लेस गर्ने सम्भावना पनि रहेको बताए । निर्देशक नील अहिले ‘सालार’ जस्ता अन्य प्रोजेक्टमा काम गरिरहेकाले आगामी दुई वर्षमा फिल्म फ्लोरमा जान सम्भव नभएको संस्थापक विजय किरणगन्दुरले जनाए ।

‘जब उनी त्यसबाट स्वतन्त्र हुन्छन्, केजीएफको अर्को भागमा संलग्न हुनेछन्,’ उनले भने । आगामी दिनमा यशबाहेक अरु कोही फिल्मको मुख्य नायक रकी भाइको भूमिकामा देखिने पनि विजयले बताए । ‘जेम्स बन्ड’ सिरिजमा जसरी मुख्य नायक परिवर्तन भइरहन्छ, त्यसैगरी पाँचौं पार्टपछि अर्को कलाकार रकी भाइको भूमिकामा देखिन सक्ने उनको भनाइ छ ।

यशले ‘केजीएफ’ गर्नुअघि नौवटा फिल्ममा काम गरिसकेका थिए तर २०१८ को उक्त फिल्मबाट वास्तविक स्टारडम पाएका थिए । यही फिल्मले उनलाई सुपरस्टार बनायो । उनको चरित्र रकी भाइले जनताको मनमा राज गर्न थाल्यो । फिल्मले २५० करोड भारु कलेक्सन गरेको थियो । यो फिल्मसँगै कन्नड सिनेमाले देशभर पहिचान पायो ।

यसपछि २०२२ मा आएको केजीएफको दोस्रो संस्करणले अभिनेता यशलाई विश्वव्यापी लोकप्रियता दिलायो । १०० करोडमा बनेको यो फिल्मले विश्वभर १२ सय करोड भारु कलेक्सन गरेको थियो । यो भारतको विश्वभर सबैभन्दा धेरै कमाउने फिल्मको तेस्रो नम्बरमा छ । केजीएफ-२ रिलिजको समयमा मानिस दक्षिण भारतका सडकमा उत्रिए । टिकट ब्ल्याकमा बिक्री भइरहेको थियो । थिएटरबाहिर यशका कटआउट थिए । ढोल बजाएर यशको कटआउटको आरती भइरहेको थियो भने कतिपय ठाउँमा दूध अभिषेक पनि गरिएको थियो ।

बैंग्लोरमा फिल्म हेर्न क्रेजी फ्यान यति आतुर थिए कि भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । नेपालमा समेत मध्यरातमा पनि फिल्मको पहिलो शो तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?