+
+

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १७:२०

२५ पुस, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । २५ पुसमा दुई बैंकबीच १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने गरी प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर भएको छ ।

मर्जरसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन्।

प्रारम्भिक सम्झौता बराबरी हैसियतमा मर्जरमा जाने सहमति भएपनि सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्दा ५ प्रतिशतभन्दा बढीको अन्तर आएमा स्वाप रेसियो घटबढ हुन सक्ने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज हुनेछ ।

असोज मसान्तमा प्रकाशित वित्तीय विवरण अनुसार लक्ष्मी बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ । लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?