+
+

स्वस्तिमा, सुरक्षा वा वर्षा, को होला ‘भष्मे डन’की हिरोइन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते ११:३९

काठमाडौं । निर्देशक दीपेन्द्र के खनाल आफ्नो बहुचर्चित फिल्म ‘पशुपति प्रसाद’को स्पिनअफ निर्माणको तयारीमा छन् । फागुन १२ गतेदेखि छायांकन सुरु हुने फिल्म ‘भष्मे डन’को शीर्ष भूमिकामा विपिन कार्की भइहाले ।

उनीबाहेक सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे पनि यसमा जोडिएका छन् । प्रमुख अभिनेत्री तय भएपछि कलाकारको लाइनअपले पूर्णता पाउनेछ ।

फिल्मको लिड फिमेलका लागि तीन अभिनेत्रीको नाम चर्चामा छ, जसमा स्वस्तिमा खड्का, सुरक्षा पन्त र वर्षा सिवाकोटी छन् । यी तीनैजना अभिनेत्रीसँग निर्देशक खनालले अघिल्ला फिल्ममा सहकार्य गरिसकेका छन्, जसले गर्दा पनि यी तीन जना रोजाइमा पर्नु स्वभाविक हो । लिड एक्ट्रेसमा दीपेन्द्रले यी तीनमध्ये कुनै एकलाई छनोट गर्लान् वा नयाँ हिरोइनको आगमन हुनेछ ? यो थाहा पाउन कम्तीमा चार–पाँच दिन प्रतीक्षा गर्नुपर्ने निर्देशक खनालको भनाइ छ ।

सिवाकोटीले ‘पशुपति प्रसाद’मा अभिनय गरिसकेकी छन् भने खड्काले दीपेन्द्रको पछिल्लो फिल्म ‘चिसो मान्छे’ र पन्तले ‘आमा’मा अभिनय गरेका छन् । सम्भवतः यी तीनमध्ये कुनै एक जना लिड हिरोइनमा तय हुने वा नभए नयाँलाई डेब्यु गराउने संकेत खनालले गरे ।

‘भष्मे डन’को निर्माणमा दीपेन्द्र र खगेन्द्र लामिछानेबीच सहकार्य हुँदैछ । फिल्मको पटकथा पनि लामिछानेले लेखेका छन् । ‘भष्मे डन’ले पशुपति प्रसादको चर्चित पात्रको उक्त फिल्म रिलिज भएयताको संघर्ष र यात्राको कथा पेस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?