+
+

ओस्कार अवार्डको थप सर्टलिस्ट घोषणा, ‘कश्मीर फाइल्स’सहित पाँच भारतीय फिल्म सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १३:३१

काठमाडौं । द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले ओस्कार अवार्डका लागि योग्य ३०१ फिचर फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा भारतीय फिल्महरू द कश्मीर फाइल्स, आरआरआर, गंगुबाई काठियावाडी र कान्ताराले स्थान बनाएका छन् ।

ओस्कारको यो रिमाइन्डर सूचीमा समावेश फिल्मले आधिकारिक रूपमा विभिन्न विधामा प्रतिस्पर्धा गर्न सक्छन्, तर जनवरी २४ मा घोषणा हुने मनोनयन सूचीमा छानिने भन्ने ग्यारेन्टी हुँदैन । रिमाइन्डर सूचीमा पनि नेपालका दुवै फिल्म अटाउन सकेनन् । यसको अर्थ लोरी र ऐना झ्यालको पुतली बाहिरिए भन्ने हो ।

पान नलिनको ‘छेल्लो शो’ (अन्तिम फिल्म शो)सहित सूचीमा विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’, मराठी फिल्म ‘मी वसन्तराव’ र ‘तुझ्या साथी कही ही’, आर माधवनको ‘रकेटरी : द नाम्बी इफेक्ट’, ‘इराविन निजल’ र कन्नड फिल्म ‘विक्रान्त रोना’ पनि अटाएका छन् ।

गत डिसेम्बरमा सार्वजनिक गरिएको १० विधाको सर्टलिस्टमा, ‘छेल्लो शो’ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म खण्डमा स्थान बनायो, जबकि ब्लकबस्टर ‘आरआरआर’को गीत ‘नाटु नाटु’ले संगीत (मूल गीत) श्रेणीमा स्थान पाएका थिए । जनवरी २४ मा ओस्कार समारोह आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?