+
+

संसदमा रिपोर्ट कार्डका साथ उपस्थित हुन्छु : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १३:५४

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई साझा प्रधानमन्त्रीका रुपमा राष्ट्र निर्माणको अवसर दिन सांसदहरुलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रचण्डले हिजो क्रान्ति सुरु गर्दा जुन आवेग र अठोट थियो, बीचमा केही अलमल भए पनि अहिले त्यही जुन आवेग र अठोटका साथ रोष्टममा उभिएको बताए ।

सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र प्रधानमन्त्री नभएको भन्दै उनले भने, ‘हरेक पटक संसदमा म उपपब्धिको डेटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने छु । मलाई विश्वासको मत दिएमा हरेक माननीयले गर्व गर्ने वातावरण बनाउनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?