+
+

१३ अर्बको बिरालोदेखि ६४ अर्बको कुकुरसम्म, यी हुन् दुनियाँकै महंगा जनावर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १७:४०

जनावरको मूल्यका सम्बन्धमा सामाजिक सञ्जालबाट गरिएको अध्ययनमा आश्चर्यजनक कुरा देखिएका छन् । केही कुकुर र बिरालोको मूल्य करोडौं पर्ने गरेको छ भने केही जनावरलाई त सेलिब्रिटीको दर्जामा राखिएको छ । अल अबाउट क्याट्सको एक रिपोर्टमा यी जनावरको बारेमा बताइएको छ ।

अमेरिकाकी लोकप्रिय गायिका टेलर स्वीफ्टसँग स्कटिस फोल्ड नश्लको एक बिरालो छ । उक्त बिरालोको नाम ओलिभिया बेन्सन हो । उक्त बिरालो दुनियाँकै तेस्रो सबैभन्दा महंगो जनावर भएको बताइन्छ । यो बिरालोको मूल्य करिब १३ अर्ब रुपैयाँ पर्छ ।

संसारको सबैभन्दा महंगो जनावरको दोस्रो स्थानमा पनि बिरालो नै छ । त्यो बिरालो त आफैंमा एक सोसल मिडिया सेलिब्रिटी हो । इन्स्टाग्राममा @Nala Cat को नामले चर्चित उक्त बिरालोको नाम नाला क्याट हो । इन्स्टाग्राममा ४४ लाख भन्दा धेरै फलोअर रहेको यो बिरालोको मूल्य १३ अर्ब रुपैयाँ भन्दा धेरै रहेको छ । यो बिरालोको नाम गिनिज बुकमा पनि दर्ज छ ।

महंगो जनावरको सूचीमा सबैभन्दा माथि जर्मन शेफर्ड जातको एउटा कुकुर रहेको छ । उक्त कुकुरको नाम Gunther VI हो । इटालियन कम्पनी गुन्थर कर्पोरेसनको स्वामित्वमा रहेको यो कुकुरको मूल्य करिब ६४ अर्ब रुपैयाँ रहेको बताइन्छ ।

न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्ट अनुसार यी जनावरको सूची इन्स्टाग्रामको विश्लेषणका आधारमा बनाइएको हो ।

टेलर स्विफ्टले सन् २०२० मा ओलिभियाको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । उक्त फोटोमा २० लाखभन्दा धेरै लाइक्स प्राप्त भएको थियो । विश्वका सबैभन्दा महंगा जनावरको सूची यस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?