+
+

यसरी खाली गर्नुस् स्मार्टफोनको स्टोरेज

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १७:५२

स्मार्टफोनमा उच्च गुणस्तरीय तस्वीर तथा भिडियो लगातार जम्मा भइरहँदा फोन ह्याङ हुने र स्पीड पनि धीमा हुने गर्छ । कहिलेकाहीं स्मार्टफोनमा एकैपटकमा दुईवटा काम गर्नुपर्दा ह्याङ भइहाल्छ ।

स्मार्टफोन स्लो हुने वा ह्याङ हुने समस्याबाट हामी धेरै पीडित भएका हुन्छौं । यदि तपाईं पनि यस्तो नहोस् भन्ने चाहनुहुन्छ भने तपाईंसँग एउटा विकल्प रहेको छ । जसको सहयोगमा तपाईंले स्मार्टफोनबाट महत्वपूर्ण डाटाहरु नहटाइकन पनि स्टोरेज खाली गर्न सक्नुहुन्छ ।

स्मार्टफोनमा हरेक दिन निकै धेरै क्याचे डाटा जम्मा हुन्छन् । साथै ठूला ठूला भिडियो तथा फोटोका कारण पनि फोनको स्टोरेज कम हुन जान्छ र स्टोरेज भरिंदा फोनमा समस्या आउन थाल्छ । स्टोरेज भरिंदा फोन ह्याङ हुने र भिडियो चल्ने स्पिडमा पनि कमी आउँछ । यस्तोमा फोनबाट त्यस्ता सामग्री डिलिट गर्नु सबैभन्दा सजिलो उपाय हो । तर पनि यो काम निकै सावधानीपूर्वक गर्नु आवश्यक हुन्छ ।

यदि तपाईंको स्मार्टफोनमा धेरै क्याच जम्मा भएको छ, जंकफाइल जम्मा भइरहेको छ र फोटो तथा भिडियो आवश्यकता भन्दा धेरै भएका छन् भने तपाईंले आत्तिहाल्नु आवश्यक छैन । यस्तो बेलामा मनिस हतारमा आवश्यक फाइल पनि डिलिट गर्छन् । तर त्यसो गर्नु पर्दैन । तपाईले आफ्नो फोनमा एउटा सानो एप डाउनलोड गरेर त्यसलाई फत्ते गर्न सक्नुहुन्छ । तपाईले गुगल प्ले स्टोरबाट Storage Analyzer & Disk Usage नामक एप डाउनलोड गर्नुहोस् ।

यो एपको सहयोगमा तपाईंले क्रमबद्ध तरिकाले फोनका कुन-कुन फाइल डिलिट गर्नुपर्ने छ वा छैन भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ र सावधानीपूर्वक अनावश्यक फाइलहरु डिलिट गर्न सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?