+
+

राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायणको सालिकमा माल्यार्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १२:४१
पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : चन्द्र आले/अनलाइनखबर

२७ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी हुन् ।

आज पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारण सहभागी थिए ।

पृथ्वी जयन्तीको अवसरमा आजै राप्रपा र राप्रपा नेपालले पनि माल्यार्पण तथा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?