+
+

दयाहाङलाई लिएर फिल्म निर्देशन गर्दै दीपक श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १३:३०

काठमाडौं । अभिनेता दयाहाङ राई र निर्देशक दीपक श्रेष्ठले फिल्ममा सहकार्य गर्ने भएका छन् । निर्माण कम्पनी र अभिनेता राईबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको छ । पछिल्लो समय दयाहाङले धमाधम फिल्म साइन गरिरहेका छन् ।

शीर्षक तय भइनसकेको फिल्मका लागि थप एक जना पुरुष र महिला कलाकार तय हुन बाँकी रहेको जनाइएको छ । माघ २० गतेदेखि छायांकन सुरु हुने फिल्म प्रेमको कथावस्तु र हास्य शैलीमा निर्माण हुने जनाइएको छ । पूर्वी नेपालको इलाम र भारतको सिक्किममा फिल्म छायांकन गर्ने तयारी छ ।

फिल्मलाई प्रमिस इन्टरटेनमेन्ट र तपश्री प्रोडक्सनको ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्मका निर्माता कोमल गुरुङ र प्रस्तुतकर्ता केवल तामाङ हुन् । फिल्मले नेपाल र सिक्किमको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा निर्माताले लिएका छन् । दयाहाङले यसअघि पनि सिक्किमका फिल्ममा काम गरिसकेका छन् ।

प्रस्तुतकर्ता तामाङले ‘पर्यटनका लागि सिनेमा’ भन्ने उद्देश्यसहित फिल्म निर्माण हुन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?