+
+

माघदेखि निक्षेपको ब्याजदर घट्ने, ऋणको ब्याज घट्न तीन महिना लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते २०:०२

२७ पुस, काठमाडौं । नेपाल बैंकर्स संघले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार बैंकर्स संघले १ माघदेखि नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था भित्र रहेर निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिंदै आएका छन् । यस्तै नेपाल राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत मुद्धति निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुले अन्तर कायम गर्नुपर्ने ब्यवस्था गरेको छ । जसअनुसार संस्थागत मुद्धति निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत रहेको छ ।

यस्तै मुद्दती निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत कायम गर्नुपर्ने केन्द्रीय बैंकको व्यवस्था छ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले मात्रै निक्षेपको ब्याजदर घटाउने पाइने व्यवस्था गरेको छ ।

सोही व्यवस्था भित्र रहेर मुद्दती तथा बचतको ब्याजदर हटाउने निर्णय भएको अध्यक्ष केसीले बताए ।

१ माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय भएपनि कर्जाको ब्याजदर घट्न भने १ वैशाख २०८० कुनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार दरसँग आबद्धता गराएको छ । त्रैमासिक रुपमा आधार दरमा भएको औसत घटबढको आधारमा सोही अनुपातमा कर्जाको ब्याजदर पनि घट्छ । माघ, फागुन र चैतमा निक्षेपको ब्याजदरको आधार दर कति घट्छ भन्ने हेरेर वैशाखमा कर्जाको ब्याजदर पनि घट्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?