+
+

अमेरिकाको आन्तरिक उडान पुनः सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते ७:३३

२८ पुस, काठमाडौं । अमेरिकाको आन्तरिक उडान केही घण्टापछि पुनः सुरु भएको छ । संघीय उड्डयन प्राधिकरणले उडान पुनः सुरु भएको जानकारी दिएको हो ।

उडान नियन्त्रण प्रणालीमा गडबडी भएपछि हिजो अमेरिका सबै आन्तरिक उडान ठप्प भएका थिए । त्यो प्रणाली विमान चालकलाई सुरक्षा प्रदान गर्ने विषयसँग सम्बन्धित थियो ।

अमेरिकाको संघीय उड्डयन प्राधिकरणले भनेको छ, ‘अहिले विस्तारै विस्तारै सेवा सुरु भइसकेको छ । उडानमा लगाइएको रोक हटिसकेको छ । फ्लाइट क्रूलाई सुरक्षा बारे सूचना दिने नोटिस टु एयर मिसन प्रणालीमा राति खराबी आएको थियो । समस्याको कारण पत्ता लगाउन जाँच चलिरहेको छ ।’

‘नोटिस टु एयर मिसन’ त्यो प्रणाली हो, जसले कुनै रुटमा कुनै प्रकारको खतराको संकेत देखिए पाइलटलाई पूर्वजानकारी गराउँछ ।

त्यसमा समस्या आउँदा सुरुमा साइबर हमला भएको हो कि भन्ने आशंका गरिएको थियो । तर ह्वाइट हाउसले त्यो आशंकालाई खारेज गरेको छ । राष्ट्रपति जो बाइडनले पत्रकारहरुसँग कुरा गर्दै समस्या आउनुको कारण पत्ता लागिनसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?