+
+

छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १०:५९

२८ पुस, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २५.२६ प्रतिशत लाभांश दिने भएको छ ।

२७ पुस बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल काय चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख को २२ प्रतिशतले हुने आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको बोन सेयर र ३.२६ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ६५ हजार ६६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?