+
+

बागमतीको सभामुखमा राप्रपाका भुवन पाठकको पनि मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १३:५६

२७ पुस, हेटौंडा । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले मनोनयन दर्ता गरेका छन् ।

सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो ।

जस अनुसार राप्रपाले उनलाई सभामुखको उम्मेदवार बनाएको हो ।

उनको प्रस्तावकमा एमालेका जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन् ।

नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट सृजना सायजुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?