+
+

आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरूरी : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १७:४२

२८ पुस, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापी रुपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन् । भ्वाइस अफ साउथ समिट अन्तर्गत अर्थमन्त्रीहरुको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ को महामारीपछि विश्वव्यापी रुपमा आर्थिक मन्दीको संकेत देखिएको र त्यससँग जुध्न सामुहिक पहल गर्न यो उपयुक्त समय भएको बताए ।

मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले भने, ‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ । हामी सम्बृद्ध नेपाल, सुखी नेपालीको एजेण्डालाई अगाडि बढाउन केन्द्रित छौं ।’

आर्थिक रुपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरुलाई प्राथमिकता दिएको र दीगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक रु. ५८५ अर्ब वित्तीय अभाव भएको उनको भनाइ छ ।

अर्थ मन्त्री पौडेलका अनुसार सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ उत्पादनको १२.८ प्रतिशत हुन्छ । यो कोभिड १९ महामारी पूर्वको अनुमान भएकोले हाल यो वित्तीय अभाव बढ्न सक्ने उनले बताए । नेपालले द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरुसँग सहयोगात्मक सम्बन्ध राखेको भन्दै उनले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे ।

नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ प्राप्त गर्न इच्छुक रहेको भन्दै उनले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए । नेपालमा वित्तीय सेवाहरुमा पहुँच फराकिलो बनाउने काम गरिराखेको भन्दै उनले विद्युतीय वित्तीय सेवाहरुको प्रयोगमा उत्प्रेरित गर्न कार्यक्रमहरु लागु गरेको जानकारी गराए । समिटमा नेपाल, भारत, श्रीलंका, कोलम्बिया लगायत १५ देशका अर्थमन्त्रीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?