+
+

यातायातका शाखा अधिकृतविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १४:२२

२९ पुस, काठमाडौं । यातायात व्यवस्था कार्यालय, सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलमाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १ करोठ ६ लाख रुपैंया विगो मागदावी सहित भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भूमि आयोग, ताहाचलमा कार्यरत छन् । उनी शाखा अधिकृत स्तरका कर्मचारी हुन् ।

१ असार २०४६ मा सेवा प्रवेश गरेका उनीमाथि उजुरी परेपछि अख्तियारले १५ फागुन २०७८ सम्मको सम्पत्ति जाचबुझ गरेको थियो ।

त्यसक्रममा उनले ४ करोड ३७ लाख रुपैंया सम्पत्ति जोडेको भेटिएको हो । छानविन हुदा उनले ३ करोड ३१ लाख रुपैंयामात्रै कानूनी रुपमा आर्जन गरेको खुल्यो ।

स्रोत नखुलेको सम्पत्ति जफत हुनुपर्ने माग राखी अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले उनकी श्रीमती विमला न्यौपाने पोखरेललाई पनि मुद्दामा प्रतिवादी बनाएको छ ।

यातायात कार्यालयका शाखा अधिकृत पोखरेलले बारिश्रमिक बाहेक घर बहाल, बीमा, रेमिट्यान्स, मोटरसाइकल विक्री, शेयर लगायतबाट सम्पत्ति जोडेको दावी गरेका थिए । उनको दावीलाई स्विकार गरेर हेर्दा पनि त्यसबाहेकको आर्जनको स्रोत नखुलेको अख्तियारको दावी छ ।

यातायात कार्यालयहरु भ्रष्टाचारका कारण बदनाम छन् । सेवाग्राहीलाई समयमा लाईसेन्स नदिई सास्ती दिने र त्यही लाईसेन्स महंगोमा बेच्ने गरेको आरोपमा यातायात कार्यालयका कर्मचारीहरुमाथि पटकपटक छानविन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?