+
+

अष्ट्रेलियन क्रिकेट टिमले गर्‍यो अफगानस्तानसँगको सिरिज रद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १६:१५

२९ पुस, काठमाडौं । महिलालाई प्रतिबन्ध लगाएको भन्दै अष्ट्रेलियन पुरुष क्रिकेट टिमले अफगानिस्तानसँगको सिरिज रद्ध गरेको छ ।

महिलाको हक अधिकारमा प्रतिबन्ध लगाएको तालिबानको कार्यलाई खण्डन गर्दै अष्ट्रेलियाले एकदिवसीय सिरिज रद्ध गरेको हो ।

महिला हक अधिकारलाई प्रतिबन्ध लगाएकोमा असन्तुष्ट जनाउँदै अष्ट्रेलिया सिरिजबाट पछि हटेको हो । त्रिकोणात्मक सिरिजमा आगामी मेमा अफगानस्तान, युएई र अष्ट्रेलियाबिच हुने तय भएको थियो । अष्ट्रेलियाले आफ्नो सरकारी निकायसँगको परामर्शमा सो सिरिज खेल्नबाट पछि हटेको हो ।

क्रिकेट अष्ट्रेलिया (सीए) का अनुसार, तालिवानले महिलालाई लगाएको शिक्षा, रोजगार र अवसरमा लगाएको प्रतिबन्धको विरुद्धमा यो निर्णय लिइएको हो ।

‘सीए अफगानस्तानसहित विश्वभरीका महिला र पुरुषको खेलको समर्थन गर्छ । हामी महिलाहरुको स्थिती सुधार गर्न सदैव अफगानस्तानको क्रिकेट बोर्डसँग सहकार्य जारी राख्नेछौं’, क्रिकेट अष्ट्रेलियाले भनेको छ, ‘हामी यस विषयमा हामीलाई समर्थन र सहयोग गरेकोमा अष्ट्रेलियन सरकारप्रति कृतज्ञ छौं ।’

अफगानस्तान क्रिकेट संघ(एसीबी)ले भने, यस निर्णसयलाई निकै ‘दयनीय’ निर्णय रहेको बताएका छन् । एसीबीले यो निर्णयले नकरात्मक सन्देश जाने बताउँदै आएको छ ।

यस विषयमा आइसीसीसँग कुरा गर्ने एसीबीले बताएको छ । अष्ट्रेलियाले भ्रमण रद्ध गरेको प्रतिशोभमा एसीबीले आफ्ना खेलाडीहरुलाई अष्ट्रेलियन बिग बास लिगमा जान दिने नदिनेबारे पनि विचार गर्ने चेतावनी दिएको छ ।

आइसीसीले भने मेमा हुने बोर्डको बैठकमा यस विषयमा चर्चा गर्ने बताएको छ । २०२१ को बिचमा तालिवानले सत्ता कब्जा गरेपछि हाल अफगानस्तानको महिला खेलकुद ठप्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?