+
+

मधेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल कांग्रेसका जंगीलाल रायको उम्मेदवारी

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ पुष ३० गते १४:४१

३० पुस, जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डलले र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् ।

सत्तारुढ गठबन्धनको भागवण्डामा मधेशको सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले लिने सहमति छ । सभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ ।

प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा) तेस्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।

सभामुख चयनका लागि माघ २ गते मतदान हुँदैछ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?