+
+

सरकार तीव्र आर्थिक विकासमा लाग्नुपर्छ : उपराष्ट्रपति पुन

रासस रासस
२०७९ माघ १ गते ७:२२

१ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक चाड एवं नेपालीहरूको महत्त्वपूर्ण चाड माघेसकराती/माघेसङ्क्रान्ति/माघी पर्वको शुभकामना व्यक्त गर्दै सङ्घीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने विश्वास व्यक्त गरेका हुन् ।

लोकतन्त्रलाई सुदृढ् गर्ने महत्त्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन हालै सम्पन्न भई नयाँ सङ्घीय सरकार र प्रदेश सरकारहरू बनिसकेका सन्र्दभ उल्लेख गर्दै उपराष्ट्रपति पुनले ती सरकारहरूले तीव्र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवं सांस्कृतिक चाडपर्वहरू रहेको बताए ।

‘विभिन्न समुदायमा मौलिकताका साथ मनाइने पर्वहरू नेपालीका साझा चाडपर्व हुन्, सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर मगर, थारु र छन्त्याल समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रूपमा मनाउने माघेसङ्क्रान्ति पर्वको प्रकृतिसँग मुख्य सम्बन्ध छ’, शुभकामना सन्देशमा भनिएको छ ।

विभिन्न समुदायले आ–आफ्नो परम्पराअनुसार मनाउने यस पर्वले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्नुका साथै पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको उनको भनाइ छ ।

सन्देशमा भनिएको छ, ‘यसै चाडबाट दिन लामो र रात कम हुन थाल्छ । अन्धकार कम र सूर्यको प्रकाश तेज हुँदा प्राणीको चेतना र कार्यशक्ति वृद्धि हुन्छ, यसकारण हामी यो पर्वलाई सकारात्मक काम र ऊर्जाको थालनी भन्न सक्छौँ, माघेसकराती÷माघेसङ्क्रान्ति÷माघी पर्व–२०७९ ले हामी सबैलाई समृद्ध मुलुक निर्माणका लागि प्रेरणा प्रदान गरोस् ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?