+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते ८:२४

१ माघ, रोल्पा । गंगादेव गाउँपालिका-४ सिस्नेमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

गंगादेव गाउँपालिका-७ राँकबाट तेल लिन खाली ड्रम बोकेर सल्यानतर्फ गइरहेको रा१त ४१६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय चालक अमर वलीको मृत्यु भएको हो ।

मृतक वली गंगादेव-७ तिम्ले निवासी हुन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ट्याक्टरमा सवार गंगादेव-७ का १७ वर्षीय राजेश केसी र सोही ठाउँका २२ वर्षीय विरवर केसी घताइते भएका छन । उनीहरुलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ । ट्याक्टर सडकबाट २०० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?