+
+

पुरानो स्मार्टफोन बेच्दै हुनुहुन्छ ? नगर्नुस् यी गल्ती

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १४:३१

के तपाईं पनि आफ्ना पुराना स्मार्टफोन नयाँसँग साट्ने वा कसैलाई बेच्ने गर्नुभएको छ ? यदि हो भने त्यसक्रममा तपाईं निकै सजग बन्नुपर्छ । किनकि त्यसमा गर्न सक्ने एउटा गल्ती निकै भारी पर्न सक्छ ।

तपाईंले अलिकति मात्रै हेलचेक्राइँ गर्नुभयो भने आफ्नो पुराने स्मार्टफोनमा भएका आफ्ना नितान्त व्यक्तिगत डाटाहरु अरु कसैको हात पर्न सक्छन् । पुरानो फोनमा रहेका त्यस्ता संवेदनशील सामग्रीहरु ब्लाकमेलिङ र फिरौतीको कारक पनि बन्न सक्छन् ।

यदि तपाईंले आफ्नो फोनमा रहेका डाटा पूरै डिलिट नगरीकनै पुरानो फोन बेच्नुभयो वा साट्नुभयो भने त्यो जोखिमपूर्ण हुन्छ । धेरै व्यक्ति हतारहतारमा फोनका डाटा डिलिट गर्छन् र फोन बेच्छन् । तर त्यसो गर्नु हुँदैन । फोनमा भएका डाटाहरु सतही रुपमा डिलिट गरेर मात्र पुग्दैन । फोनलाई पूर्णरुपमा रिस्टोर गर्नुपर्छ । जसबाट फोनमा संग्रहित सबै डाटा पूर्ण रुपमा डिलिट हुन्छन् ।

यसका लागि स्मार्टफोनमा फ्याक्ट्री रिसेटको विकल्प हुन्छ । त्यसमा गएर तपाईंले आफ्नो फोनका सबै डाटा डिलिट गर्न सक्नुहुन्छ ।

कुनै पनि स्मार्टफोन फ्याक्ट्री रिसेट गर्नका लागि तपाईंले सबैभन्दा पहिले फोनको Settings मा जानु पर्छ । त्यसभित्र रहेका विभिन्न अप्सनमध्ये Account and Backup छान्नुपर्छ र Reset मा थिच्नुपर्छ ।

त्यसपछि तपाईंले factory reset को अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि आफ्नो फोनको पासवर्ड हाल्नुपर्ने हुन्छ । त्यति गरेसँगै तपाईंको फोनका सबै डाटा डिलिट हुनेछन् ।

यदि तपाईंले यसरी आफ्नो फोनमा संग्रहित सबै डाटा डिलिट गर्नुभयो भने तपाईंले बेच्ने वा साट्ने तपाईंको पुरानो फोन रित्तो बन्छ र त्यसबाट तपाईंका व्यक्तिगत डाटा अरुको हातमा पर्ने जोखिम हुँदैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?