+
+

विमानस्थल प्रमुख भन्छन्- ‘ल्याण्डिङ क्लियरेन्स’ लिइसकेको विमान कसरी सेती खोंचमा खस्यो, अचम्मित छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १४:२९

१ माघ, काठमाडौं । पोखरामा दुर्घटना परेको यति एयरलाइन्सको ९ एनएनएसी विमान अवतरणका क्रममा दुर्घटनामा परेको पाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानले ‘ल्याल्डिङ क्लियरेन्स’ लिइसकेको थियो । र, पाइलटले कुनै समस्या भएको जानकारी गराएका थिएनन् ।

‘पाइलटले विमानमा कुनै समस्या रहेकोबारे पोखरामा एयर ट्राफिक कन्ट्रोलरलाई केही बताएका थिएनन्,’ प्रमुख ठाकुरले भने, ‘के कारणले विमान सेती खोंचमा खस्यो भन्न सकिएन ।’

पोखराको मौसममा पनि कुनै समस्या थिएन । विमान सेती खोंचमा पुग्दासम्म टावरको सम्पर्कमै थियो । विमान सम्पर्कमा रहँदारहँदै ल्यान्डिङ एप्रोच लिने समयमा दुर्घटनामा परेको देखिएको छ ।

विमान कसरी दुर्घटनामा पर्‍यो भन्ने अनुमान गर्न सकिने अवस्था नरहेको ठाकुरले जानकारी दिए । ‘कसरी दुर्घटना भयो भन्नेमा हामी पनि अच्चम्मित छौं,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख ठाकुरले अनलाइनखबसँग भने, ‘अब अनुसन्धानबाटै विमान दुर्घटनाको कारण खुल्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?