+
+

शिवम् सिमेन्टको १०.५३ प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १४:२०

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सञ्चालक समितिले सेयरधनीलाई प्रस्ताव गरेको लाभांश साधारणसभाले पारित गरेको छ ।

२९ पुसमा सम्पन्न कम्पनीको साधारणसभाले प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको कम्पनीको वार्षिक

साधारणसभाले आगामी ४ वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी ५ जना सञ्चालकहरु समेत निर्वाचित गरेको छ । नवनिर्वाचित सञ्चालकहरुको बैठकबाट सञ्चालक गौरव गोयललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन समेत गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० को आय व्ययको लेखापरीक्षण गर्नका लागि सुबोध एसोसिएट्स एण्ड चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्ति गर्ने प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?