२९ कात्तिक, काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा ५ करोड ३४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी घटे पनि वित्तीय लागतमा आएको कमीले नाफामा सुधार भएको देखिन्छ । सञ्चालन आम्दानी पहिले १ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ४० करोड रुपैयाँ छ ।
बैंकको ब्याजदर घट्दा कम्पनीको वित्तीय लागत घटेको छ । पहिले यस्तो लागत १ करोड ५४ लाख रुपैयाँ रहेकोमा अहिले २७ लाख रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ २ पैसा छ । प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा छ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२२ रुपैयाँ १० पैसा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4