+
+
Shares

प्रावि तह शिक्षकको नतिजा र सिफारिस सँगसँगै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १९:३८

१ माघ, काठमाडौं । शिक्षक सेवा आयोगले अहिले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पद खुला प्रतियोगितात्मक लिखित परीक्षाको जिल्लागत नतिजा प्रकाशन गरिरहेको छ ।

आयोगले २०७८ चैत १९ गते २०७९ असार १३ गते लिएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजामा उत्तीर्ण हुने शिक्षकहरुको माघ १८ गतेदेखि अन्तर्वार्ता लिने समयतालिका सार्वजनिक गरेको छ ।

सबै जिल्लाको नतिजा सार्वजनिक गरिसकेपछि सिफारिस गर्न ढिला हुने भएकोले लिखित परीक्षा उतीर्ण गरेका शिक्षकहरुको अन्र्तवार्ता लिने र अन्तर्वार्ताको नतिजा आएका जिल्लाका शिक्षकहरुलाई विद्यालयमा पठाउनको लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस गर्दै जाने तयारी गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

उनले भने, ‘सबै जिल्लाको नतिजा निकालेर मात्रै सिफारिस गर्दा समय लाग्ने भयो । त्यसैले लिखित परीक्षाको नतिजा प्रकाशन भएकाहरुको अन्तर्वार्ता हुने अन्तर्वार्ताको नतिजा प्रकाशन गर्दै सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस पनि गर्दै जाने हिसाबले अगाडी बढिरहेका छौं।’

आयोगले अहिलेसम्म बाजुरा, अछाम, डोटी, कन्चनपुर, सोलुखुम्बु, खोटाङ लगायत २१ जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ ।

शिक्षक सेवा आयोग नियमावलीले मावि तह र निमावि तहको प्रदेशगत रुपमा पदपूर्ति हुने र प्राथमिक तहको पदपुर्ति जिल्लाले गर्ने व्यवस्था गरेको छ ।

आयोगले प्रावि तहको १३ हजार बढी रिक्त दरबन्दीको लागि २०७८ पुस १४ गते विज्ञापन खुला गरेको थियो।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?