+
+

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते ७:४०

२ माघ, काठमाडौं । मौसममा आज आंशिकदेखि सामान्य बदली भएको छ ।

तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।

बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

मौसम बदली बुधबारसम्मै कायम रहने छ । मंगलबार र बुधबार पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज तराई क्षेत्रमा हुस्सुले जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटीमा समस्या हुँदा सडक र हवाई यातायातमा पनि प्रभाव पर्न सक्ने भएकोले सावधानी अपनाउनसमेत महाशाखाले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?