+
+

क्रिटिक्स च्वाइस अवार्ड : ‘आरआरआर’ विदेशी फिल्म र मौलिक गीत विधातर्फ उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते ११:४८
भारतीय फिल्म 'आरआरआर'का निर्देशक एसएस राजामौली

काठमाडौं । २८ औं क्रिटिक्स च्वाइस अवार्डको घोषणा भएको छ । नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा आयोजित समारोहमा भारतीय फिल्म ‘आरआरआर’ उत्कृष्ट विदेशी भाषी फिल्म घोषित भयो । एसएस राजामौली निर्देशित फिल्मले उत्कृष्ट गीत विधामा समेत अवार्ड जित्यो । गोल्डेन ग्लोब्सपछि ‘आरआरआर’को यो अर्को जित हो ।

गोल्डेन ग्लोब्स र क्रिटिक्स च्वाइस अवार्ड जितेपछि ‘आरआरआर’लाई ओस्कार अवार्डको बाटो सजिलो भएको छ । तर यस वर्षको क्रिटिक्स च्वाइसमा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ले उत्कृष्ट फिल्मसँगै चार विधा जित्यो । उत्कृष्ट फिल्मको घोषणा गर्दा मञ्चमा विश्व फिल्मका महान् हस्तीहरु जेम्स क्यामरुन, स्टिभन स्पिलवर्ग र बज लुहरम्यान उपस्थित थिए ।

यस्तो छ यस वर्षको क्रिटिक्स च्वाइस अवार्ड विजेताको सूची :

उत्कृष्ट फिल्म : एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स

उत्कृष्ट अभिनेत्री : केट ब्लान्चेट (टार)

उत्कृष्ट अभिनेता : ब्रेन्डन फेजर (द व्हेल)

उत्कृष्ट निर्देशक : डेनियल क्वान र ड्यानियल सिइनर्ट (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)

उत्कृष्ट लिमिटेड सिरिज : द ड्रपआउट (हुलु)

उत्कृष्ट ड्रामा सिरिज : बेटर कल सउल (एएमसी)

उत्कृष्ट युवा अभिनेता : ग्याब्रियल लाबेले (द फेबेलम्यान्स)

उत्कृष्ट कमेडी : ग्लास ओनिअन– अ नाइभ्स आउट मिस्ट्रि (नेटफ्लिक्स)

उत्कृष्ट अभिनेत्री ड्रामा सिरिज : जेन्डाया – युफोरिया (एचबीओ)

उत्कृष्ट हेयर एण्ड मेकअप : एल्भिस (वार्नर ब्रोज)

उत्कृष्ट भिजुअल इफेक्ट : अवतार द वे अफ वाटर

उत्कृष्ट सम्पादन : एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स – पल रोजर्स

उत्कृष्ट प्रोडक्सन डिजाइन : बेबीलोन

उत्कृष्ट छायांकन : क्लाउडियो मिरान्डा (टपगन माभेरिक)

उत्कृष्ट गीत : नाटु नाटु (आरआरआर)

उत्कृष्ट मौलिक कथा : एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स

उत्कृष्ट विदेशी भाषी फिल्म : आरआरआर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?