+
+

बागमती प्रदेशको उपसभामुखको निर्वाचन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १२:३१

२ माघ, हेटौंडा । बागमती प्रदेशसको उपसभामुखको निर्वाचन आज दिउँसो तीन बजे हुने भएको छ ।

देशभर शोक बिदा भए पनि उपसभामुखको चुनावी कार्यक्रम स्थगित नहुने बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार उपसभामुख चयन गर्नुपर्ने आज अन्तिम दिन हो । बागमती प्रदेश सभाको पहिलो बैठक पुस १८ गते बसेको थियो ।

प्रदेशसभामा उसभामुखमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता साझेदार दलहरुको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाई, नेपाली कांग्रेसबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता साझेदार दलहरुको तर्फबाट सभामुखमा विजयी राप्रपाका भुवन पाठकले प्राप्त गरेकै मत उपसभामुखले पनि प्राप्त गरेको खण्डमा एकालेकी उम्मेदवार चापागाई उपसभामुखमा विजयी हुनेछिन् । शुक्रबार भएको सभामुखको निर्वाचनमा पाठकले ६२ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?