+
+

मधेश प्रदेश सरकारको सुशासन प्रवर्द्धन गर्न उच्चस्तरीय समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १४:२५

२ माघ, जनकपुरधाम। प्रदेश सरकारले सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धन गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।

मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि खतिवडाको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव, उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव, गृह तथा सञ्चार मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका उप-सचिव छन् ।

नव गठित मधेश सरकारको शुक्रबार बसेको पहिलो मन्त्री परिषद्को बैठकले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो ।

उच्चस्तरीय समितिले प्रदेश सरकार मातहतका संरचनामा सेवा प्रवाहमा देखिएको व्यथिति, त्रुटि, समस्या पहिचान गरि त्यसको समाधान गर्न तथा सेवा र विकास निर्माणका कार्य छिटोछरितो गर्नेगरी १५ दिन भित्र सुझाव पेश गर्नु पर्ने जिम्मेवारी दिइएको नवनियुक्त बिनाविभागीय मन्त्री सरोज यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?