+
+

केरलामा पास्चरलाई श्रद्धाञ्जली दिएर फर्किएका ३ जनाको विमान दुर्घटनामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १६:१६

२ माघ, पोखरा । भारतको केरलामा मृत्यु भएका पास्चरलाई श्रद्धाञ्जली अर्पण गरेर पोखरा फर्किँदै गरेका ३ जनाको यती एयरको विमान दुर्घटनामा मृत्यु भएको छ ।

नदीपुर चर्चका अनिल शाही, राजुसिंह ठकुरी र रवीन हमालको आइतबार भएको यति एयरलाइन्सको दुर्घटनामा ज्यान गुमाएका हुन् ।

पोखरामा एपोस्टल एफएम चलाइरहेका शाही नदीपुरका हुन् भने राजुसिंह चर्चमै बस्थे र हमाल पोखरा पामेका हुन् ।

भारत केरलमा पास्चर मेचयु फिलिपको मृत्यु भएपछि श्रद्धाञ्जली अर्पण गरेर पोखरा फर्किने क्रममा जहाज दुर्घटनामा मृत्यु भएको नदीपुर चर्चमै आवद्ध दिलीप गायकले जानकारी दिए ।

उनीहरू बिहीबार केरल गएका थिए । श्रद्धाञ्जली सभामा सहभागी भइ काठमाडौं फर्किएर जहाज चढेर पोखरा आउँदै गरेका उनीहरू फेरि चर्चमा आउन नपाएको गायकले बताए ।

काठमाडौंबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको जहाज दुर्घटना हुँदा हालसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ३ जना अझै हराइरहेका छन् । उनीहरूको पनि खोजी भइरहेको छ । मृत्यु भएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । काठमाडौंबाट आएका २ फरेन्सिक विज्ञसहित डाक्टरको टोलीले अहिले मृतकहरुको पोस्टमार्टम गरिरहेको छ ।

सनाखत नभएका शव परीक्षणका लागि काठमाडौं लगिने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिचान भएका शव आज दिइने बताए पनि नपाउँदा आफन्त आक्रोशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?