+
+

मन्त्रालय भागवण्डामा जसपाको असहमति, सरकारमा नजाने अडान

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ माघ २ गते २३:३४

२ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डाप्रति असहमति जनाएको छ । यही अवस्थामा सरकारमा नजाने उसको अडान छ ।

सोमबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले जसपालाई २ वटा मन्त्रालय लिन आग्रह गरेका थिए ।

तर यादवले अस्वीकार गरेका छन् । उनले अनलाइनखबरसँग भने, ‘भागवण्डाको विषयमा जसपाको असहमति छ । यही हालतमा सरकारमा जान अस्वीकार गरेको छ ।’

जसपा अध्यक्ष यादव प्रस्तावित मन्त्रीको संख्या र मन्त्रालयमा सन्तुष्ट छैनन् । साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राजनीतिक नियुक्तिबारे समेत प्याकेजमा सहमति हुनुपर्ने उनको अडान छ । स्रोतका अनुसार जसपाले उपराष्ट्रपति लिन चाहेको छ, जुन दिन माओवादी तयार छैन ।

सत्ता साझेदार दलहरुले जसपासँग समझदारी कायम गर्ने जिम्मा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?