+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

ट्विटरमा ‘ब्लू टिक’ किन्दै तालिबान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते ८:२२

३ माघ, काठमाडौं । केही तालिबानका नेताहरूले ट्विटरको भेरिफिकेसन फिचरका लागि रकम भुक्तानी गर्न सुरु गरेका छन् । बीबीसीका अनुसार योसँगै उनीहरूले ट्विटरमा ‘ब्लू टिक’ पाउने भएका छन् ।

यसअघि ट्विटरमा चर्चित व्यक्तिहरू, उच्च पदस्थ अधिकारीहरू र विश्वासिला ट्विटर प्रयोगकर्ता लगायतले ‘ब्लू टिक’ पाउने गरेका थिए तर कसैले पैसा तिरेर यो नपाउने व्यवस्था थियो ।

ट्विटरको स्वामित्व परिवर्तन भएसँगै एलन मस्कले पैसा तिरेर यस्तो सेवा लिन पाउने व्यवस्था गरेका छन् ।

यही सुविधाको प्रयोग गर्दै अफगानिस्तानमा कम्तिमा दुई तालिबान अधिकारी र चार प्रमुख समर्थकहरूले अहिले ब्लु टिक प्रयोग गरिरहेका छन्।

तालिबानको सूचना विभागका प्रमुख हिदायतुल्लाह हिदायतको एकाउन्टमा निलो टिक देख्न सकिन्छ । ट्विटरमा उनका एक लाख ८७ हजार फलोअर्स छन् र उनी दैनिक तालिबान प्रशासनसँग सम्बन्धित जानकारी सार्वजनिक गर्छन् ।

स्थानीय मिडियाका अनुसार उनको सशुल्क ब्लू टिक गत महिना हटाइए पनि अब यो पुनः देख्न सकिन्छ ।

अफगानिस्तानको सूचना र संस्कृति मन्त्रालयमा मिडिया वाचडगका प्रमुख अब्दुल हक हम्मादले पनि अब निलो टिक लगाएका छन् । उनलाई ट्विटरमा एक लाख ७० हजार मानिसहरूले पछ्याइरहेका छन् । तालिबानका केही प्रमुख समर्थकहरूले पनि ब्लू टिक लगाएका छन्।

पहिले तालिबान अधिकारीका रूपमा पहिचान बनाएका मोहम्मद जलालले सोमबार ट्विटरको नयाँ मालिकको प्रशंसा गर्दै एलोन मस्कले ट्विटरलाई ‘पुनः उत्कृष्ट’ बनाइरहेको प्रतिक्रिया दिए ।

ट्विटरमा कट्टरपन्थी इस्लामहरूको उपस्थिति केही समयदेखि विवादको विषय बन्दै आएको छ ।

ट्विटरको निलम्बनमा परेपछि २०२१ को अक्टोबरमा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘हामी यस्तो संसारमा बस्छौं जहाँ ट्विटरमा ठूलो संख्यामा तालिबान छन्, तर तपाईलाई मनपर्ने अमेरिकी राष्ट्रपतिको मुख थुनिएको छ ।’

 यस विषयमा ट्विटरले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?